२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाण्डौँ ।  अविरलको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

प्रहरीको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध रहेको छ ।

उता, लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोड डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस