२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

देशका धेरैजसो भू-भागमा वर्षाको सम्भावना, कोशी र मधेशमा भारी वर्षाको चेतावनी

weather forecast nepal today

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ अवस्थित छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ । बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको सम्भावना छ । यी पाँचवटै प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ । बाँकी क्षेत्रहरूमा भने आंशिक बदली रहनेछ । कोशी, मधेश र बागमतीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ ।

विशेषगरी कोशी प्रदेशको पहाड र तराई, साथै मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस