२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

देशभर मनसुनी वायुको प्रभावले हलका बर्षा, यी प्रदेशमा भारी वर्षा हुने ! सतर्कता अपनाउन आग्रह

weather forecast nepal today

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस