२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ठमेलमा झगडा गरेको आरोपमा समातिएका सानुभाइसति ४ जना २६ साउनसम्म हिरासतमा रहने

काठमाडौँ । ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा रहेन भएका छन् ।
दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चार जनाको हिरासत बसाई लम्बिएको हो ।

झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस