काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार घटेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित मिति : २०८२ साउन २३ गते बिहिवार

