काठमाडौं । नाडा अटो शोको स्टार बनेको ‘उड्ने कार’ बाढीले बाटो बन्द भएपछि भरियाको काँधमा बोकेर काठमाडौं ल्याइएको हो। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको यो दुई सिटे विद्युतीय फ्लाइङ कार एकपटक चार्जमा ३० किमी उड्न सक्छ र १३० किमी प्रतिघण्टा गति लिन सक्छ।
नेपालमै पहिलोपटक सार्वजनिक हुँदै गरेको यो मोडलले दर्शकको ध्यान तानेको छ।
प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार

