काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
२०८२ भदौ ३ गते (मङ्गलबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाड र तराइ साथै कोशी प्रदेशको पहाडी भू-भाग केही स्थानहरूमा र मधेश प्रदेश र कोशीको तराइको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाड र तराइ साथै कोशी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भु-बागका एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
रातीः कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि परामर्श (Advisory for next 24 hours):
कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

