२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धादिङ नेत्र हेन्समको एघारौँ वार्षिक साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–२ मा रहेको धादिङ नेत्र हेन्समको एघारौँ वार्षिक साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

सभा संस्थाका अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षतामा, वडा नम्बर २ का अध्यक्ष ध्वजबहादुर गुरुङको प्रमुख आतिथ्यता र रेडियो धादिङका स्टेशन म्यानेजर तथा पूर्व पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सचिव र कोषाध्यक्षले आर्थिक वर्ष २०८१र८२ मा भएका गतिविधि, उपलब्धि तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमार्फत संस्थाले समुदायमा पु¥याएको योगदान, आगामी योजनाहरू र कार्यक्षेत्र विस्तारका सम्भावनाबारे विस्तृत जानकारी गराइएको थियो ।

जनजीविका होटलको प्राङ्गणमा भव्य रूपमा सम्पन्न कार्यक्रममा संस्थाका अधिकांश सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सदस्यहरूको सहभागिता र उत्साहले संस्थाको आगामी यात्रामा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस