काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले आफू डिप फेकको शिकार भएको बताएका छन्। उनले आफ्नो आवाज नक्कल गरी एआई प्रविधिमार्फत तयार गरिएको नक्कली भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको बताएका हुन्।
वाग्लेले यस घटनाविरुद्ध बुधवार प्रहरीमा उजुरी दिने तयारी गरेका छन्। उनी दिउँसो करिब २ बजेर १५ मिनेटमा भोटाहिटीस्थित साइबर ब्युरो कार्यालयमा उजुरी दिन उपस्थित हुने रास्वपाले जनाएको छ।
केही समयअघि वाग्लेको आवाज प्रयोग गरी नेपाल–भारत सीमा विवादसम्बन्धी फेक भिडियो सार्वजनिक भएको थियो।
प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार

