२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रतिनिधिसभाबाट नागरिकता विधेयकमा राष्ट्रियसभाको संशोधन स्वीकृत

Home Minister's response to the former minister's bribe of 5,000

हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको छ। प्रस्ताव गृहमन्त्री रमेश लेखकले पेस गरेका थिए।

विधेयक २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। त्यसपछि फागुन ५ गते सामान्य छलफल भयो। चैत १८ गते दफावार छलफलका लागि समितिमा पठाइएको यो विधेयक समितिको प्रतिवेदनसहित असार ५ गते प्रतिनिधिसभामा पेस भएको थियो। असार १४ गते प्रतिनिधिसभाले पारित गरेपछि राष्ट्रियसभाले भदौ ६ गते संशोधनसहित पारित गरी फिर्ता पठाएको थियो।

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले सरकारले नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न विभिन्न विधेयक ल्याएको बताए। उनले नागरिकताको संवैधानिक हकलाई प्राथमिकतामा राखेर छलफल गरिएकोमा सन्तोष व्यक्त गरे।

विधेयकले आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था गरेको छ। बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता दिने प्रावधानलाई गृहमन्त्रीले ऐतिहासिक प्रस्थानको रूपमा व्याख्या गरे। साथै, विदेशमा जन्मेका सन्तानलाई नागरिकता दिने, आमाको मात्र नाममा नागरिकता लिन सकिने, प्रक्रियागत सरलीकरण हुने लगायतका व्यवस्था गरिएको उनले स्पष्ट पारे।

लेखकका अनुसार विधेयकले कुनै पनि नागरिक आफ्नो हकबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखेको छ। जन्मका आधारमा नागरिकता पाएका व्यक्तिहरूका सन्तानलाई पनि नागरिकता दिने प्रावधान गरिएको छ। उनले स्वघोषणाको व्यवस्थाको दुरुपयोग नहुनेमा विश्वास दिलाउँदै विधेयक छिट्टै कार्यान्वयनमा जाने बताए।

गैरनेपालीलाई नागरिकता नदिने सरकारको अडान रहेको भन्दै उनले गैरआवासीय नेपाली नागरिकलाई संविधानअनुसार नागरिकता र आवश्यक आर्थिक तथा सांस्कृतिक अधिकार दिने छुट्टै कानुन चाँडै सदनमा ल्याइने जानकारी दिए।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस