हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौँ । पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई आज ठक्कर दिएको छ। दुर्घटनामा नौ वर्षीय विवेक तामाङ र पाँच वर्षीय आशिका राई घाइते भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार विवेक तामाङको अवस्था गम्भीर छ। उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। आशिकाको भने मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
माइक्रोबस चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार

