काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका २६ सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्न निर्देशन दिएपछि इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले भोलिसम्म समय लाग्ने जनाएको छ।
आईएसपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार प्राधिकरणको परिपत्र प्राप्त भएको छ र सामाजिक सञ्जाल बन्द गर्न टेक्निकल कमिटी तयार पार्दैछ। उनले भने, ‘यी सञ्जाल पूर्णरुपमा बन्द गर्न भोलि साँझसम्म समय लाग्न सक्छ। आजै सम्भव छैन।’
अध्यक्ष पराजुलीले सरकारलाई सञ्जाल पूर्णरुपमा बन्द नगरी नियमन गर्ने सुझाव पनि दिएका छन्। सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट लगायतका २६ प्लेटफर्म बन्द गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

