काठमाडौं । सरकारले बिहीबार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई आदेश दिँदै फेसबुक, ह्वाटसएप, इन्स्टाग्राम लगायतका दर्ता नभएका प्लेटफर्महरू निष्क्रिय बनाएको छ।
यस निर्णयपछि नेपालमा दर्ता भएको सामाजिक सञ्जाल भाइबरको लोकप्रियता बढ्दै गएको छ। भाइबर हिजो ८० औं स्थानमा रहेकोमा आज सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत बिहीबार सूचना जारी गर्दै नेपालमा प्रयोग हुने सामाजिक सञ्जाल एक साताभित्र सूचीकरण गर्न आग्रह गरेको थियो। बुधबार (भदौ १८) सो समयसीमा सकिएपछि दर्ता नभएका प्लेटफर्ममाथि सरकारले निषेध लागू गरेको हो।
प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार

