२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

‘नेताका सन्तानको विलासी जीवन देखाउँदै #NoMoreCorruption अभियान नेपालमा तातो’

काठमाडौं । ङ्ग्रेजी गीत र आकर्षक इफेक्टसहितका भिडिओमार्फत नेता र उनीहरूको सन्तानको विलासी जीवनशैली देखाउँदै सामान्य जनताका दुःखसँग तुलना गर्ने अभियान सामाजिक सञ्जालमा चर्चा पाउँदैछ। टिकटक र रेडिटमा #NoMoreCorruption र #WakeUpChallenge जस्ता ह्याशट्यागसहित यो अभियान चलिरहेको छ।

भिडिओहरू केवल मनोरञ्जन मात्र होइनन्। यसले नेताका सन्तानले प्रवर्द्धन गरेका ब्रान्डहरू बहिस्कार गर्ने, अनफलो गर्ने र विलासी जीवनशैलीको स्रोतबारे प्रश्न उठाउने काम प्रोत्साहन गरिरहेको छ। सडकमा छुट्टिएको परिवार, विदेशमा परेका नेपाली मजदुर र जोखिमपूर्ण गाउँ जीवनजस्ता दृश्यहरू पनि देखाइन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेता र उनका सन्तानको महँगा गाडी, ब्रान्डेड कपडा, विदेश भ्रमण र भव्य पार्टीका तस्वीरसँग जनताको दुःख तुलना गर्दै प्रश्न सोधिरहेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, बाबुराम भट्टराई लगायतका नेताका फोटो प्रयोग भएका छन्।

फिलिपिन्समा सुरु भएको समान अभियान नेपालमा पनि फैलिएको देखिन्छ। रेडिटका सब-रेडिटहरूमा ‘नेपाल’, ‘नेपालसोसल’ लगायतमा सामग्री पोस्ट गर्न थालिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अब सडकमा उत्रेर पनि विरोध प्रदर्शन गर्न आह्वान गर्दै छन्। ८ सेप्टेम्बर (२३ भदौ) संसद् भवनमा आन्दोलन गर्न सहभागी हुन भनिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस