२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

फेसबुक चलाउन भीपीएन प्रयोग गर्दै हुनुहुन्छ ? सरकारले जारी गर्‍यो चेतावनी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले शनिबार जारी विज्ञप्तिमा भीपीएनलाई असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भन्दै प्रयोग नगर्न तथा नगराउन चेतावनी दिएको हो।

सरकारले दर्ता नभएका फेसबुक, युट्युब, एक्ससहित २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि धेरै प्रयोगकर्ताले भीपीएनमार्फत ती साइट प्रयोग गर्ने प्रयास गरिरहेका बेला मन्त्रालयको चेतावनी आएको हो।

विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाललाई निषेध वा नियन्त्रण गर्ने उद्देश्य नभई स्वनियमनमार्फत व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजिएको स्पष्ट पारिएको छ। साथै, सर्वोच्च अदालतको आदेश कार्यान्वयनकै लागि कदम चालिएको र यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित नगर्ने उल्लेख छ।

यसैबीच, ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ सूचीकरण प्रक्रिया पूरा गरी पुनः सञ्चालनमा आइसकेका छन् भने ट्वीटर (एक्स) र वीच्याट दर्ता प्रक्रियामा रहेका छन्। मन्त्रालयले दर्ता शुल्क नलाग्ने र दर्ता पूरा भएलगत्तै प्लेटफर्म सक्रिय गराइने भन्दै बाँकी सञ्जाललाई पनि सूचीकरणमा आउन आह्वान गरेको छ।

थप पढ्नुहोस्

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस