२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १४ पुग्यो

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा थप एकजनाको सिभिल अस्पतालमा मृत्यु भएको छ। यससँगै उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। तर, त्यसपछि सिभिल अस्पतालमा थप एकजनाको मृत्यु भएपछि संख्या बढेको हो।

मृतकमध्ये ६ जनाको उपचार त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा, ३ जनाको सिभिल अस्पतालमा, ३ जनाको एभरेष्ट अस्पतालमा, १ जनाको केएमसी अस्पतालमा र १ जनाको त्रिवि शिक्षण अस्पतालमै भएको मन्त्रालयले जनाएको छ।

घाइतेहरूको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस