काठमाडौं । जेनजीको विरोध प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शनकारी हताहती भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ। बैठक सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ।
काठमाडौंमा जेनजीले आयोजना गरेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। यद्यपि, मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
विशेष क्षेत्रमा कफ्र्यु जारी गरिए पनि जेनजीको प्रदर्शन निरन्तर भइरहेको छ। नयाँबानेश्वर–माइतीघर सडकखण्डमा सेना परिचालन गरिएको छ भने संसद भवनलाई समेत सेनाले कडा सुरक्षा दिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार

