२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

‘जेनजी’ प्रदर्शनका नेता खोज्दै काठमाडौं प्रशासन

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चलिरहेको ‘जेनजी’ आन्दोलन कसको नेतृत्वमा भइरहेको हो भन्ने अझै स्पष्ट नभएको जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले माइतीघर र नयाँबानेश्वर क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रण गर्न कससँग प्रत्यक्ष समन्वय गर्ने भन्ने प्रष्ट नभएको बताए। उनका अनुसार आफूलाई जेनजी आन्दोलनसँग सम्बन्धित भनिएका समूहले समेत औपचारिक रूपमा संलग्न नभएको संकेत गरेका छन्।

रिजालले भने, अहिले प्रशासन शान्ति–सुरक्षा कायम गर्ने, कर्फ्यू आदेश कार्यान्वयन गर्ने, सार्वजनिक सम्पत्ति र प्रहरीको व्यक्तिगत सुरक्षामा ध्यान केन्द्रित गरिरहेको छ।

उनका अनुसार प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेपछि संयमता अपनाउँदै प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोली प्रयोग गरेको हो। रिजालले संविधानले दिएको शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई मान्यता दिइएको तर प्रहरी र एम्बुलेन्समाथि नै आक्रमण भएपछि बल प्रयोग गर्नुपरेको स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस