२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सिभिल अस्पतालभित्रै पुग्यो प्रहरी : गोली चल्यो, लाठी चार्ज पनि

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । सिभिल अस्पताल परिसरमा प्रहरीले प्रदर्शनकारी नियन्त्रणका लागि लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ। आन्दोलनकारीले अस्पताल परिसरबाट ढुंगा प्रहार गर्न नरोकेपछि प्रहरीले नियन्त्रणमा लिन त्यहाँ पुगेको हो।

अस्पतालको अवस्था अत्यन्त तनावग्रस्त बनेको छ। केही बेरअघि प्रहरीले अस्पताल भित्रै गोली चलाएको थियो। सिभिल अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तहरू त्रसित भएका छन् भने सुरक्षाकर्मीको संख्या बढाइएको छ।

हालसम्म सिभिल अस्पतालमा ३ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ। साँझपख बानेश्वर क्षेत्रमा भिड तितरबितर हुँदै सिभिल अस्पताल पुगेका थिए।

अस्पताल परिसरमा दिउँसोको आन्दोलनमा घाइते भएका प्रदर्शनकारी र उनका आफन्तहरू पनि उपस्थित थिए। प्रहरीले गेटबाट प्रवेश गर्दै प्रदर्शनकारीहरूलाई लखेटेको थियो र त्यही क्रममा अश्रु ग्यास प्रहार गरिएको हो। अश्रु ग्यासको प्रभावले आन्दोलनमा सहभागी नभएका व्यक्तिहरू पनि आतंकित भएर अस्पतालभित्र प्रवेश गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस