भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । भ्रष्टाचारविरुद्धको ‘जेन–जी’ को सोमबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि काठमाडौंसहित चार जिल्लामा कर्फ्यु लागू गरिएको छ।
काठमाडौं जिल्ला प्रशासनले दिउँसो साढे १२ बजेदेखि माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपास राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) अनुसार भेला, जुलुस वा प्रदर्शन निषेध गरिएको छ।
सुनसरीको इटहरी, कास्कीको पोखरा र रुपन्देहीका बुटवल–भैरहवामा पनि प्रदर्शनको क्रममा सुरक्षा व्यवस्था कायम राख्न कर्फ्यु जारी गरिएको छ। प्रदर्शनकारीले गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ गर्दा, प्रहरीले अश्रुग्यास, गोली र पानीको फोहरा मार्फत तितरबितर पारेको थियो।
प्रशासनले ती क्षेत्रमा आवतजावत, सभा वा कुनै प्रकारको भेला गर्न निषेध जारी गरेको छ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार

