२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा कर्फ्यूपछि पनि नियन्त्रणबाहिर प्रदर्शनकारी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । प्रदर्शन नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा लगाएको कर्फ्यू तीन घण्टा बितिसकेको छ।

तर, कर्फ्यूका बाबजुद अवस्था अझै तनावपूर्ण बनेको छ। सेनाको टोली नपुग्दा आक्रोशित प्रदर्शनकारीले बानेश्वर चोकमा ट्रक रोकेर प्रदर्शन जारी राखेका थिए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न आदेश दिएका भए पनि ज्यान जान थालेपछि मौन छन्। उनी सम्पर्कमा आउन चाहेका छैनन्।

गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, स्थानीय प्रशासन र सुरक्षा समितिले मूल्यांकन गरेर कदम चालेको भए पनि आवश्यक समन्वय भइरहेको छ।

प्रदर्शनकारीहरूले संसद् भवन परिसर र अन्य ठाउँमा आगजनी प्रयास गरेपछि प्रहरीले बारम्बार बल प्रयोग गरिरहेको छ। बानेश्वर क्षेत्रमा अश्रुग्यास र गोली चलाएको आवाज सुनिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस