२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

जंगीअड्डा बैठकमा शुशील कार्की नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव

काठमाडौं। जेनजी आन्दोलनका प्रतिनिधिहरुले जंगीअड्डामा भएको बैठकमा पूर्वप्रधानन्यायाधीश शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्ताव गरेका छन्। सो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पनि पुर्‍याइएको सैनिक स्रोतले जनाएको छ।

बुधबार दिनभर सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल भएको थियो, जसमा कार्कीको पक्षमा बलियो समर्थन देखिएको थियो। काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि अघि सारिएको भए पनि उनी सम्पर्कमा नआएको गुनासो उठेको छ।

वार्ताका लागि जंगीअड्डा पुगेका जेनजी प्रतिनिधिहरुलाई सेनापति सिग्देलले पहिले आपसमा सहमति गरेर संयोजक तोकी आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाभित्रै भएको छलफलमा केहीले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखे पनि अन्ततः कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति बनेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस