२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की

काठमाडौं । राजनीतिक सहमति जुटेसँगै सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार उहाँले आज राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्दै शपथ गराउने तयारी गर्नुभएको हो। यससँगै नेपालको राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले जेन-जी आन्दोलनको प्रतिनिधित्व गर्दै सरकारको नेतृत्व गर्न लागेकी हुन्।

यसपछि अन्तरिम मन्त्रिपरिषद् गठन र सरकारी कामकाज अघि बढाउने तयारी हुनेछ। कार्कीको नेतृत्वमा बन्ने मन्त्रिमण्डलबारे थप विवरण सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस