२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंका विद्यालयमा पठनपाठन सुरु हुँदै

काठमाडौँ। काठमाडौं महानगरपालिकाले पर्सि (सोमबार)देखि विद्यालयहरूमा पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। गत २३–२४ गते जेनजी आन्दोलनपछि बन्द भएका विद्यालयहरू अब सामान्य अवस्थामा फर्किएसँगै शिक्षक तथा कर्मचारीहरू आइतबारदेखि उपस्थित हुनेछन्।

महानगरपालिकाले विद्यालय प्रशासनिक कार्य, सरसफाइ, र क्षति विवरण उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिएको छ। अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न र आवश्यक परे भर्चुअल कक्षा सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस