२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राष्ट्रपति पौडेलद्वारा आगामी चुनाव सम्पन्न गराउन सबै पक्षसँग अपिल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै राजनीतिक पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।


राष्ट्रपति पौडेलले शनिबार जारी वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज र विषम परिस्थितिमा कठिन प्रयासपछि शान्तिपूर्ण निकास निस्किएको छ। संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र बचाइएको छ। छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी लोकतन्त्रको उन्नत बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्।’

rastrapati-baktabya

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस