२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

जेनजी आन्दोलनमा देशले गुमायो उदाउँदो खेलाडी

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा बाँके जिल्लाका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको मृत्यु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले यो खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको जनाएको छ।

क्यानले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, देशभर पछिल्ला दिनहरूमा उत्पन्न भएका घटनाक्रम र आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण व्यक्तिहरूलाई क्यानले श्रद्धाञ्जली अर्पण गरेको छ।

क्यानले आफ्नो वक्तव्यमा खेलाडीहरूको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकतामा पनि जोड दिएको छ र शान्तिपूर्ण वातावरणमा खेलकुद गतिविधि जारी राख्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस