२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बारबरा फाउन्डेसनको स्पष्टिकरण : ‘हामी नेपाल’सँग कुनै आर्थिक सम्बन्ध छैन

काठमाडौं । बारबरा फाउन्डेसनले ‘हामी नेपाल’ संस्थासँग आर्थिक सम्बन्ध रहेको भनी गरिएको प्रचारप्रति खण्डन गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. सन्दुक रुइतले उक्त संस्था वा पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नरहेको प्रष्ट पारे।

उनले कोरोना महामारीका बेलामा मात्र सहकार्य भएको उल्लेख गर्दै अहिले फैलिएको भ्रामक प्रचार चरित्रहत्या गर्ने उद्देश्यले गरिएको बताए।

फाउन्डेसनका कोषाध्यक्ष सुदर्शनराज पाण्डेयले संस्थाको आयव्ययबारे जानकारी दिँदै हाल फाउन्डेसनसँग करिब ३ करोड ९५ लाख मौज्दात रहेको बताएका छन्। संस्थाले ८ वर्षमा करिब ७ करोड ८२ लाख आम्दानी गरेको र कार्यक्रम तथा प्रशासनिक खर्चमा करिब ३ करोड ६४ लाख खर्च भएको फाउन्डेसनले जनाएको छ।

विज्ञप्तिमा बारबरा एडम्सको योगदानलाई स्मरण गर्दै फाउन्डेसन नेपाली जनताको सेवामा समर्पित रहेको र अधिकांश कोष नेपालीकै दानबाट सञ्चालन भइरहेको उल्लेख छ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस