२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेपालकै पहिलो महान्यायाधिवक्ता बनेकी सविता भण्डारी को हुन् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। जेन–जी आन्दोलनको दबाबमा बनेको अन्तरिम सरकारले यो कदम चालेको हो।

सविता भण्डारी ९२ वर्षीय अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् र नेपालको इतिहासकी पहिलो महिला न्यायाधिवक्ता हुन्।

प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छिन्। कार्की नेपालको इतिहासकै पहिलो महिला प्रधानमन्त्री हुन्। उनले पदभार ग्रहण गरेलगत्तै प्रतिनिधि सभा विघटन भएको र आगामी फागुन २१ गते निर्वाचनको घोषणा भइसकेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस