२०८२ भाद्र २९ गते आइतवार | 2025 September 14th Sunday

कार्की सरकारले पायो तीन मन्त्री, उर्जामा कुलमानसहित यी हुन् भोलि शपथ लिने नाम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंगो लागेको छ। बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त हुने भएका छन्।

गृहमन्त्री बन्ने अर्यालले कानुन मन्त्रालयको जिम्मेवारी समेत पाउने भएका छन्। स्रोतका अनुसार उनीहरूको पत्र तयार भइसकेको छ तर शपथग्रहण भने भोलि बिहान मात्र हुने छ।

खनाल हालै आर्थिक सुधार सुझाव आयोगका अध्यक्षका रूपमा प्रतिवेदन बुझाएका थिए र पूर्वसचिव समेत हुन्। अर्याल कानुन व्यवसायी तथा सामाजिक आन्दोलनमा सक्रिय व्यक्तित्व हुन्, हालसालै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका कानुनी सल्लाहकारसमेत बनेका थिए। घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन्, जसलाई ओली सरकारको समयमा बर्खास्त गरिएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस