२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कार्की सरकारको अर्को बोल्ड निर्णय : ओलीले पेस गरेका सबै प्रस्ताव फिर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेका सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार, अघिल्लो मन्त्रिपरिषद्मा पेस भएका तर निर्णय नभएका प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गरिने निर्णय गरिएको हो।

त्यस्तै, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय पनि गरिएको छ। हालसम्म आन्दोलनका कारण ७२ जनाको मृत्यु भइसकेको सरकारले जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस