२०८२ भाद्र ३० गते सोमवार | 2025 September 15th Monday

मन्त्री भएपछि कुलमान र खनालको ठूलो घोषणा : तीन करोड जनता जनताले भने वाह !

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन् ।

अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै यस्तो घोषणा गरेका हुन् । उनले आफूले तलब, आवास, सवारीसाधनलगायत सुविधा नलिने स्पष्ट पारेका छन् ।

यसअघि अर्थमन्त्री रामेश्वर खनालले पनि आफूले कुनै सेवा सुविधा नलिने घोषणा गरिसकेका छन् । खनालले आफ्नो तलब र सुविधा जनताको हितका लागि प्रयोग हुने बताएका छन् ।

जनतामुखी कदमका कारण घिसिङ र खनालको निर्णयले सामाजिक सञ्जालमा प्रशंसा पाएको छ । धेरैले मन्त्रीहरूको यस्तो घोषणा अनुकरणीय भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस