२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

दक्षिण कोरिया जाने नेपालीलाई ठूलो झट्का, भिसामा व्यापक परिवर्तन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा G2G माध्यमबाट ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० कार्यान्वयन नहुने भएको छ।

वैदेशिक रोजगार विभागले बुधबार सूचना जारी गर्दै मन्त्रालयको निर्देशन अनुसार उक्त कार्यविधि तत्कालका लागि लागू नहुने जानकारी गराएको हो। विभागले यस सम्बन्धमा सबै सरोकारवालालाई सूचित गर्न यो सूचना प्रकाशित गरेको जनाएको छ।

कोरियामा ई–७ भिसा अन्तर्गत जान इच्छुक व्यक्तिहरू र सम्बन्धित निकायहरूलाई यस सूचनाले प्रत्यक्ष असर पार्नेछ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस