२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेल तोडेर भाग्न खोज्दा ज्यान गुमाउने १० को नाम सार्वजनिक (नामसहित)

www.janaboli.com;

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउने १० जनाको नाम सार्वजनिक गरिएको छ। प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ कि मृतकहरू बाँके, रामेछाप र धादिङका विभिन्न कैदीबन्दी हुन्।

नावसहित मृतक सूची (प्रहरी प्रधान कार्यालयद्वारा जारी):

  • बालसुधार गृह, नौबस्ता (बाँके): उमेश विष्ट (२१, अछाम), दिनेश घर्तिमगर (२०, दाङ), समीर थापा (२०, बाँके), जगत देउवा (१९, कैलाली), भूपेन्द्र खत्री (२१, दैलेख)।

  • जिल्ला कारागार रामेछाप: राजकिशोर यादव (५१, मोरङ), बिरु धोबी (५८, धनुषा), मनोज महतो (४०, धनुषा)।

  • जिल्ला कारागार धादिङ: जितबहादुर घले (६१, बेनिघाट, धादिङ), इन्द्र बहादुर डाला (३६, पूर्व नवलपरासी)।

प्रहरीले घटनास्थल र मृतक सम्बन्धी थप विवरण प्रकाशित गर्ने बताएको छ। अपराध र सुरक्षा सम्बन्धी संवेदनशील प्रकृतिका कारण केही विवरण प्रारम्भिक रहेको र सत्यापन जारी रहेको पनि उनीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस