२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

बानेश्वरसम्म लखेटिएका सुदन भन्छन् : गल्लीगल्ली खोजिराथे, सिध्याउन खोजियो

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म एक समूह पल्सर बाइकमा उनलाई पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले गुरुङको पछि लगाएका थिए।

उनले भने, ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।’ उनले आफ्नो स्थान भने सार्वजनिक गर्न अस्वीकार गरेका छन्। जेनजी आन्दोलनपछि उनले त्यसको जस लिन खोजेको भन्दै विरोध गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस