२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भाटभटेनीमा मृत भेटिएका युवकको पहिचान खुल्यो, चौथो तलाबाट बुबालाई फोन गरेका थिए

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीमा फसेका २२ वर्षीय विकास रसाइलीको शव बुधबार फेला परेको छ। मृतक रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भई ललितपुरमा बस्दै आएका थिए।

ललितपुर प्रहरीका एसपी अपिल बोहराका अनुसार, भदौ २४ मा आगजनीको समयमा चौथो तलामा पुगेका विकास तल ओर्लिन नसकेर आफ्नो बुबालाई फोन गरेका थिए। उनले अन्तिम कलमा भनेका थिए, ‘बुबा, म ४ तला माथि ट्रयापमा परेँ।’

बुधबार सरसफाइ गर्दा चौथो तलाबाट उनको अस्थिपञ्जर फेला परेको थियो। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले शवसँगै फेला परेको मोबाइलको प्राविधिक जाँच गर्दा त्यसमा विकासकै रहेको पुष्टि भएको छ। मृतकका बुबा पूर्णबहादुर रसाइली अहिले प्रहरीको सम्पर्कमा रहेका छन्।

यसैबीच, घटनाका कारण आगजनीमा संलग्न अन्य विवरण र जिम्मेवारी निर्धारण गर्न प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस