२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

हितेन्द्रलाई बर्खास्त गर्ने उर्जामन्त्री घिसिङको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल राजीनामा नदिए उर्जामन्त्री कुलमान घिसिङले बर्खास्त गर्ने भएका छन्। नवनियुक्त ऊर्जामन्त्री घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई मार्ग प्रशस्त गर्न सन्देश पठाएका छन्।

साउनमा कार्यकाल सकिने घिसिङलाई हटाएर तत्कालीन सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। जेनजी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै घिसिङले सबैले विवेक प्रयोग गरी जनताको मागअनुसार बाटो खुला गर्नुपर्ने र त्यसपछि मात्र विकल्प सोचेको बताएको निकट स्रोतले जानकारी दिएको छ।

अन्दोलनका क्रममा शाक्यको घरमा आगजनी भएको थियो। शाक्य जेनजी आन्दोलनअघि कोरिया सरकारी कार्यक्रममा सहभागी हुन गएका थिए र आज स्वदेश फर्किँदैछन्। मन्त्री घिसिङको आशय शाक्य आफैं परिस्थितिलाई बुझेर पद त्याग गरुन् भन्ने रहेको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस