२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

भोलि दुर्लभ सूर्यग्रहण : नेपालमा कस्तो पर्छ प्रभाव, यी काम गर्न सकिन्छ

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको सुतक नलाग्ने स्पष्ट पारेको छ।

आश्विन कृष्ण औँसीका दिन पर्ने यो ग्रहणबारे सोह्र श्राद्ध गर्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा धर्मावलम्बीहरूले गरेका थिए। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार नेपालमा नदेखिने ग्रहण बार्नुपर्ने छैन र यसले कुनै दोष पनि नलगाउने शास्त्रीय मान्यता रहेको छ।

उनका अनुसार, नेपाली आकाशमा नदेखिने ग्रहणलाई शास्त्रीय वचनअनुसार ग्रहणको रूपमा मान्नुपर्ने हुँदैन। त्यसैले आइतबार लाग्ने ग्रहणले नेपालीलाई प्रभाव नपार्ने छ।

उक्त ग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिकालगायत देशबाट मात्रै देखिने जनाइएको छ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस