२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

चर्चित पत्रकार खरेलसहित ५ जना मन्त्रीका लागि सिफारिस

काठमाडौं। ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल प्रधानमन्त्री सुशीला कार्कीद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री कार्कीले आइतबार साँझ खरेललाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको जानकारी दिएकी हुन्। प्रमुख खरेलसँग सञ्चार माध्यममा २५ वर्षभन्दा लामो अनुभव छ।

नवनियुक्त मन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

साथै, प्रधानमन्त्री कार्कीले थप मन्त्री नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरिसकेकी छन्। सिफारिसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, कृषिमन्त्रीमा मदन परियार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा डा. महावीर पुन रहेका छन्।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस