२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

प्रधानमन्त्री र प्रधानसेनापतिबीच महत्वपूर्ण भेट, के हुन चर्चाका विषय?

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।

भेटवार्तामा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्। जेनजी प्रदर्शनपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सेनापति सिग्देलले समन्वय गरेका थिए भने जेनजीको माग अनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रधानमन्त्री बनेपछि प्रधानसेनापति सिग्देलसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस