२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

शिक्षामन्त्री पुनले गरे तीन करोड नेपालीको मन जित्ने तीन निर्णय

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षक अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन्।

मंगलबार मन्त्री पुनले तुरुन्त अगाडि बढाउन तीनवटा निर्देशन दिएका छन्। उनले पहिलोमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षा बाट वञ्चित नहुन एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने भने।

दोस्रोमा, केही विश्वविद्यालयले परीक्षा लिएर परिणाम निकाल्न ८ महिना देखि १ वर्षसम्म समय लिँदै आएका कारण विद्यार्थीलाई अपूरणीय क्षति भएको देखाउँदै, अब विश्वविद्यालयले अधिकतम ३ महिनाभित्र परिणाम प्रकाशित गर्न निर्देशन दिइनेछ। समयमै परिणाम ननिकाल्ने विश्वविद्यालयको अनुदान रोकिने छ।

तेस्रो निर्देशनमा, त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको ठूलो क्षेत्रफलमा रहेको झाडी सफा गरेर, ठूला रूख नकटाई सुन्दर बगैंचा र फुटपाथसहित विश्वविद्यालयलाई आकर्षक बनाउन काम अघि बढाउन भनिएको छ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस