२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

काठमाडौंसहित देशभर बत्ती गुल : उर्जामन्त्रीलाई प्रश्न–हितेन्द्र गैसके, अब गाली कसलाई गर्ने कुलमानज्यू?

काठमाडौं। पछिल्ला दिनमा देशभर अचानक बत्ती जाने समस्या देखिन थालेको छ। मंगलबार पनि राति साढे नौ बजेदेखि करिब आधा घण्टा काठमाडौंसहित धेरै ठाउँमा बत्ती गएको थियो।

उज्यालो नेपालका नायक भनेर चिनिने कुलमान घिसिङ अहिले उर्जामन्त्री बनेका छन्। उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्य भएको थियो। त्यसबेला जब-जब बत्ती जाने गर्थ्यो, नेतृत्वमाथि प्रश्न उठ्ने गर्थ्यो। अहिले भने सामाजिक सञ्जालमा मजाक र रोचक टिप्पणी भइरहेको छ।

फेसबुक र ट्वीटरमा विभिन्न प्रयोगकर्ताहरूले “अब कसलाई गाली गर्ने हो?” भन्दै व्यंग्य गरेका छन्। कोही लेख्छन्– “अस्तिसम्म केपी ओली र सालोलाई गाली गर्थे, अहिले त खाना खाने बेलामा बत्ती गयो, कसलाई गर्ने?” अर्का प्रयोगकर्ताले लेखेका छन्– “कुलमान उर्जा मन्त्री भएर पनि बत्ती उभो लाग्दैन कि?”

त्यस्तै कतिपयले प्राविधिक समस्या मात्रै भएको तर्क गरे पनि धेरैले व्यंग्य गर्दै “बत्ती झ्याप-झ्याप काट्ने पापीहरूको जिन्दगी पनि अधेरो होस्” भन्ने टिप्पणी गरेका छन्।

कुलमान घिसिङ मन्त्री हुदा बत्ती जाने घटनाले सामाजिक सञ्जालमा व्यंग्य, गुनासो र रमाइला प्रतिक्रिया थपिएका छन्।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस