
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले छिट्टै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। उनले उठाउनुपर्ने विषयमा मन्त्रिपरिषद्का सदस्य र विज्ञसँग अनौपचारिक छलफलसमेत गरेकी छन्।
पछिल्लो परिस्थिति र आगामी निर्वाचनबारे सम्बोधन केन्द्रित हुने बताइएको छ। मिति अझै तय नभए पनि बुधबार नै सम्बोधन हुन सक्ने स्रोतले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार