२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

राष्ट्रपतिले जारी गरेको मतदाता नामावली ऐन संशोधन अध्यादेशमा के छ ?

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ (१) अनुसार अध्यादेश जारी भएको हो।

सरकारले फागुन २१ मा हुने निर्वाचनको तयारीअनुसार नयाँ मतदाता नाम सङ्कलनको बाटो खोल्न यो कदम उठाएको हो। निर्वाचन आयोगले कार्ययोजना बनाएर मतदाता सङ्कलन प्रक्रिया सञ्चालन गर्नेछ। २०८२ फागुन २० मा १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ मा मतदान गर्न पाउनेछन्।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस