२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

आज कति बजे हुँदैछ प्रधानमन्त्री कार्कीको पहिलो राष्ट्रका नाममा सम्बोधन?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। यसअघि दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन्।

गत भदौ २७ गते नियुक्त भएकी कार्कीले आगामी फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरिसकेकी छिन्। उनका अनुसार हालको सरकारको प्रमुख कार्यभार यही निर्वाचन सम्पन्न गर्नु नै हो।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस