२०८२ माघ २८ गते मङ्गलवार | 2026 February 10th Tuesday

भ्रष्टाचार नगरेको दाबी गर्दै ओलीले भने : मान्छेसँगै डराउनुपर्ने अवस्था आयो

Nepal’s First Medical Doctor: A Historical Milestone

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाल देखिएको प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आफूलाई प्रहारको निशाना बनाइएको भन्दै उनले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरे।

आज आफ्नै निवासमा प्रेस चौतारीका पत्रकारहरूसँग कुरा गर्दै ओलीले विकासको खाका कोर्न नेतृत्व गरेको भए पनि त्यसलाई अपराधजस्तै देखाइएको टिप्पणी गरे। उनले हिंसा र पृथकतावादी शक्तिलाई राष्ट्रिय एकतामा ल्याउन खोज्नु नै अपराध मानिनु नहुने स्पष्ट पारे।

उनले हाल देश त्रासमय बनेको, नागरिक डराउनुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे। जेनजी आन्दोलनबारे कुरा गर्दै उनले भ्रष्टाचार अन्त्य, सुशासन र शान्ति जस्ता जायज माग भए पनि त्यसमा अन्य हिंसात्मक तत्व मिसिएको बताए।

विद्यार्थीहरूले दु:खद रूपमा ज्यान गुमाउनु परेको भन्दै उनले गोली कसले चलायो र कहाँबाट चल्यो भन्नेबारे निष्पक्ष छानबिन आवश्यक रहेको जोड दिए। लोकतान्त्रिक संस्थामा आगजनी हुनु अस्वीकार्य भएको उल्लेख गर्दै उनले यस्ता घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस