२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला, सत्य के हो?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल खाता नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गर्दै कार्कीको नाममा नक्कली फेसबुक र ट्वीटर खाता बनाई समाचार तथा पोस्टहरू गरिरहेको भेटिएको उल्लेख गरेका छन्। विज्ञप्तिमा यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस