२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

जेनजीका लागि क्रान्तिकारी कदम: माओवादीले गर्‍यो विशेष घोषणा, सबै चकित!

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै तहका संरचनामा जेनजी (Gen Z) को प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसका लागि स्पष्ट निर्देशन दिएका छन्।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले सबै तहका संरचनामा युवाहरूको सहभागिता सुनिश्चित गर्न निर्णय गरेको हो। प्रचण्डले भने, ‘अब केन्द्रीय समिति, वडा समिति, पालिका समिति वा प्रदेश बनाउँदा पनि युवालाई प्राथमिकता दिनेछौं। सहभागिता अनिवार्य हुनेछ।’

उहाँले केही दिनअघि जेन्जी युवाहरूको प्रतिनिधि मण्डलसँग भएको भेटको अनुभव सुनाउँदै भने, ‘उहाँहरूले कम्तीमा २५ प्रतिशत चाहिएको बताएका छन्। हामीले केन्द्रीय समितिमा पनि यही प्राथमिकता लागू गरेका छौं।’

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई निर्देश दिँदै भने, ‘राष्ट्र संकटमा छ। यस संकटबाट राष्ट्रलाई पार लगाउन, आफ्ना क्षेत्रभित्र सक्षम जेन्जीहरूलाई अगाडि ल्याउनुहोस्। युवाहरूलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नु आवश्यक छ।’

बैठकले ६ वटा निर्णय पारित गरेको छ। निर्णय नम्बर चार अनुसार, ‘जेन–जिलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गराउने, युवालाई प्राथमिकता दिने’ नीति तय गरिएको छ। केन्द्रीय समितिले आगामी मंसिरमा महाधिवेशन गर्ने समेत निर्णय गरेको छ।

माओवादी नेता रहिश साहका अनुसार, मंसिरको चौथो सातासम्म विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रतिवद्धता छ। ‘यदि यसबीच अन्य पार्टीसँग एकता भए, एकता महाधिवेशन गरिनेछ। त्यस अवस्थामा पार्टीको नाम समेत परिवर्तन हुन सक्छ,’ साहले बताए।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस