
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ। युवा संघले शनिबार तीनकुनेबाट र्याली सुरु गर्ने योजना बनाएको थियो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुस र सभा जस्ता गतिविधि गर्न स्वीकृति नदिइएको जनाएका छन्।
प्रशासनले जारी गरेको सूचनामा विभिन्न समूहबाट हुने भनिएका र्याली, जुलुस, धर्ना र प्रदर्शनहरूले सुरक्षा चुनौती निम्त्याउने भन्दै पूर्वस्वीकृति विना कुनै पनि कार्यक्रम नगर्न चेतावनी दिएको छ।
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार