२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

जेनजी प्रदर्शनमा देखिएका टीओबीबारे नयाँ खुलासा, के भन्छ प्रहरी ?

काठमाडौं । काठमाडौं। जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको भनिएको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सो तस्वीरमा टीओबी लेखिएको ज्याकेट लगाएका एक व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको देखिन्छ। यद्यपि, उक्त व्यक्तिले साँच्चै पेस्तोल बोकेको हो कि होइन भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। तस्वीरको आधिकारिकता पनि स्पष्ट हुन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, ‘पेस्तोल बोकेको हुन्/होइनन् यकिन भइसकेको छैन। यद्यपि, यसबारे हामी आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान गर्ने काम गरिरहेका छौं।’

प्रहरीले टीओबी समूहसहित अन्य समूहका व्यक्तिहरूका आराजक गतिविधि, आगजनी र तोडफोडसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस