२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

के तपाईंको पनि एनआईसी एशियामा खाता छ ? यो जरुरी सूचना तपाईंका लागि हो

काठमाडौँ — लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

ग्राहकहरूले बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ मार्फत वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank को My Profile मा गएर Change Email विकल्प चयन गरी आफ्नो इमेल ठेगाना सहजै अद्यावधिक गर्न सक्नेछन्।

साथै, ग्राहकहरूले आफ्नो सुविधा अनुसार बैंकका कुनै पनि शाखा कार्यालयमा गएर पनि इमेल ठेगाना अद्यावधिक गर्नका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यदि इमेल ठेगाना अद्यावधिक गर्न असुविधा भएमा, बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न वा ग्राहक सम्पर्क केन्द्रका नम्बरहरू १६६०–०१–७७७७१०१–५९७०१०१ मा फोन गरी जानकारी लिन सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस